नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक
31st March 2026
नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU)
केन्द्रीय कार्यालय, काठमाडौं
नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU) को केन्द्रीय समितिको प्रथम पूर्ण बैठक मिति २०८२ साल चैत १५ र १६ गते काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
बैठक अध्यक्षज्यूको अध्यक्षतामा Call to Order सहित प्रारम्भ भई सहभागीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो भने श्रमिक आस्था वाचन पश्चात् Roll Call मार्फत उपस्थिति सुनिश्चित गरिएको थियो। Apology सन्देशहरू प्रस्तुत गर्दै Quorum पुगेको घोषणा गरियो।
बैठकमा प्रदेशिक तथा केन्द्रीय समितिको तर्फबाट विभिन्न महत्वपूर्ण प्रतिवेदनहरू प्रस्तुत तथा अनुमोदन गरिएका छन्। प्रदेशिक समितिको तर्फबाट Financial Report र Organizational Report माथि विस्तृत छलफल गरिएको थियो। साथै कम्पनीका सेवा तथा योजनाहरू (Services & Projects) सम्बन्धी विषयमा गहन समीक्षा गरिएको थियो।
त्यसैगरी, केन्द्रीय समितिको तर्फबाट Post Minute मार्फत विगतका कार्यहरूको स्मरण गरिएको छ। कम्पनीका सेवाहरूको वितरण, गुणस्तर तथा योजनाहरू र सुधारका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। युनियनका वार्षिक कार्यक्रम (Annual Programs) तथा भावी योजनाहरू तय गरिनुका साथै Policies & Guidelines सम्बन्धी विषयमा समेत आवश्यक निर्णयहरू लिइएको छ। विभिन्न विभागहरूको गठन सम्बन्धी प्रस्तावहरू पारित गरिएका छन्।
बैठकमा प्रस्तुत Financial Report मा १२औं महाधिवेशनको खर्च विवरण समेत समावेश गरिएको थियो। साथै Organizational Report माथि समेत आवश्यक छलफल गरी आगामी कार्यदिशा निर्धारण गरिएको छ।
विविध (Miscellaneous) अन्तर्गत शुभकामना आदानप्रदान, सूचना तथा सन्देश प्रवाह गरिएको थियो भने Zero Hour मा सहभागीहरूले आफ्ना विचार तथा सुझावहरू प्रस्तुत गरेका थिए। साथै शोक तथा समवेदना पनि व्यक्त गरिएको थियो।
बैठकले बदलिएको परिस्थितिमा संगठनलाई अझ सशक्त, पारदर्शी र उत्तरदायी बनाउँदै श्रमिक हकहितको संरक्षण र संस्थागत विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्त्यमा अध्यक्षज्यूको समापन मन्तव्यसँगै बैठक औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको छ।